global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीका मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि राप्रपालाई फकाएर सरकार बनाउँदै गठबन्धन

कोशीका मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि राप्रपालाई फकाएर सरकार बनाउँदै गठबन्धन

कोशीका मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि राप्रपालाई फकाएर सरकार बनाउँदै गठबन्धन

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक मानिएको छ । कांग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने हुन्छ । जबकि सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।

एमाले–राप्रपा गठबन्धनको सरकार बनाउन एक सिटमात्र अपुग भएकाले एक सिट भएको जसपासँग फेरि सरकार बनाउने पहल गर्ने प्रतिक्रिया एमाले नेताहरुको छ ।

एमाले(राप्रपाको सरकारले विश्वासको मत लिन नसकेपछि प्रदेशसभाको राजनीतिक स्थिति फेरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् ।

प्रकाशित समय : ०६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु