गृहपृष्ठ रूपन्देही, कपिलवस्तु र पाल्पाका नदीमा पानीको बाहव बढ्ने, सतर्क रहन विभागको आग्रह

रूपन्देही, कपिलवस्तु र पाल्पाका नदीमा पानीको बाहव बढ्ने, सतर्क रहन विभागको आग्रह

रूपन्देही, कपिलवस्तु र पाल्पाका नदीमा पानीको बाहव बढ्ने, सतर्क रहन विभागको आग्रह

आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन जल तथा मौसम विज्ञान विभागको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स(साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।

सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स(साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।

जलसतह सतर्कता तह पार गर्ने र आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु