गृहपृष्ठ आज र भोलि देशभर झरीको पूर्वानुमान : कोशी, बाग्मती, गण्डकी र लुम्बिनी धेरै
आज र भोलि देशभर झरीको पूर्वानुमान : कोशी, बाग्मती, गण्डकी र लुम्बिनी धेरै
गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ ।
आज र भोली कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।
मौसमविद् विनु महर्जनका अनुसार पाल्पाको तानसेनमा पछिल्लो एक घण्टामा ३२ दशमलव ४ मिलिमिटर पानी परेको छ । गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एकरदुई ठाउँमा ठूलो पानी परेको उनले जानकारी दिए ।
१० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताए । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ ।
यस्तै, घर बाहिर निस्कँदा छाता, रेनकोटलगायत ओडो बोक्न, यात्रामा निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन पनि मौसमविद्को सुझाव छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
प्रकाशित समय : १०:१५ बजे


















