गृहपृष्ठ निजी शिक्षकले ३१ हजारदेखि ६८ हजारसम्म तलब नपाए महानगरमा सम्पर्क गर्नू : बालेन
निजी शिक्षकले ३१ हजारदेखि ६८ हजारसम्म तलब नपाए महानगरमा सम्पर्क गर्नू : बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत निजी विद्यालयका शिक्षकले सुविधाअनुसार तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै उनले यस्तो बताएका हुन् । ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको उनले स्पष्ट पारेका छन् ।
सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई उनले भनेका छन्, ‘सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।’

प्रकाशित समय : १०:०५ बजे


















