प्याजको मूल्य घट्दै, गोलभेंडाको बढ्दै
वि.सं.२०८० असार १४ बिहीवार १०:४९
shares

होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा किसानले उत्पादन गरेको गोलभेंडा फालेर तीन दिन बजारमा पठाएका थिएनन् ।
अहिले प्याज प्रतिकिलो ७० देखि ८० रुपैयाँमा विक्रि भइरहेको छ । बुधबार टनेल गोलभेंडाको न्यूनतम १२ र अधिकतम २० रुपैयाँ तोकिएको छ । उपभोक्ता मूल्य (खुद्रा बिक्री) भने प्रतिकिलो ४० रुपैयाँसम्म छ ।
टनेल गोलभेंडाबाहेक ठूलो गोलभेंडाको न्यूनतम ४५ र अधिकतम ५० रुपैयाँ तोकिएको छ । प्याजको होलसेल भाउ घटे पनि खुद्रा मूल्य भने अझै महँगो नै छ ।

























