गृहपृष्ठ काँग्रेसको भातृ संगठन तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत
काँग्रेसको भातृ संगठन तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत
नेपाली काँग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको काँग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।
सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।
पार्टीभित्रको गुट-उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो ।
प्रकाशित समय : ०९:४८ बजे


















