गृहपृष्ठ बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा
बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा
बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३–१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।
बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो ।
बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।
आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।
प्रकाशित समय : ०९:२५ बजे


















