गृहपृष्ठ लम्पी स्किनले ३ महिनामा २५ हजार पशुको मृत्यु
लम्पी स्किनले ३ महिनामा २५ हजार पशुको मृत्यु
लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ ।
२०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म ६ लाख ८२ हजार ८० पशुपंछी संक्रमित भएकामा ४ लाख ९ हजार १७५ पशु निको भएको र अझै २ लाख ४७ हजार ४९७ पशुमा संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनदेखि संक्रमणदर केही घट्दै गएको पनि मन्त्रालको भनाइ छ ।
रोगको संक्रमण नियन्त्रणका लागि सातै वटा प्रदेशमा वितरणका लागि ७ लाख ३७ हजार डोज खोप वितरण भएको र एक लाख ७२ हजार १२८ पशुमा खोप कार्य सम्पन्न भएको पनि सरकारी दाबी छ ।
प्रकाशित समय : ०९:२० बजे


















