गृहपृष्ठ शेयर बजारमा भारी गिरावट, एकैदिन ३५ अंकले घट्यो
शेयर बजारमा भारी गिरावट, एकैदिन ३५ अंकले घट्यो
साताको चौँथो कारोबराको दिन शेयर बजार भारी अंकले ओरालो लागेको छ । मंगलबार ५२ अंकले बढेको शेयर बजार आज भने ३५ अंकले ओरालो लागेको छ । बुत्रबार नेप्से परिसुचक १ दशमलव ६२ अंकले ओरालो लागेर २१५० को विन्दुमा रोकिएको छ ।
आज दिनभर भएका ८२ हजार ३ सय ५९ कारोबारबाट २८० कम्पनीका १ करोड ३३ लाख ४२ हजार ९६६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४ सय ८१ पुगेको छ ।
आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । आज कम्पनीले कुल ८३ करोड ७० लाख ३६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
यसैगरी आज शिवम सिमेन्त लिमिटेडले २८ करोड २२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने सोल्टि होटलले २३ करोड ५६ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । साथै आज एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ५० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।
प्रकाशित समय : १५:१४ बजे




















