गृहपृष्ठ राष्ट्र बैंकले गर्यो तरलता सम्बन्धी कार्यविधि संशोधन, केके भए नयाँ व्यवस्था ?
राष्ट्र बैंकले गर्यो तरलता सम्बन्धी कार्यविधि संशोधन, केके भए नयाँ व्यवस्था ?
नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६ लाई संशोधन गरेको छ । नयाँ कार्यविधि अनुसार राष्ट्र बैंकबाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने उल्लेख छ ।
निवेदनको ढाँचा अनुसूची १ मा उल्लेख भएबमोजिम हुने, दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्नेछ । सम्झौताको ढाँचा अनुसूची–२ मा उल्लेख भएबमोजिम हुने उल्लेख छ ।
दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न यस बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा अनुसूची–३ मा उल्लेख भएबमोजिम हुनेछ ।
सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नुपर्ने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले धितो सुरक्षणको शर्त र सीमासम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि ९तेस्रो संशोधन, २०८००, २०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
धितो सुरक्षणको शर्त र सीमासम्बन्धी भएका व्यवस्थाहरु
१. दैनिक तरलता सुविधा उपयोग गर्नका लागि नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (दोस्रोसंशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र धितोमा राख्नु पर्नेछ र यस्ता सुरक्षणपत्रहरुको परिपक्व हुने अवधि रोक्का अवधिभन्दा पछाडि हुनुपर्नेछ । धितो राखिएका सुरक्षणपत्रको परिपक्व अवधिसम्बन्धीे जानकारी गराउने दायित्व संस्था स्वयंको हुनेछ ।
२. धितो राखिएको सुरक्षणपत्रको अधिकतम ९० प्रतिशतसम्म यस कार्यविधि बमोजिमका सुविधा उपलव्ध गराइनेछ ।
३. ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने बैधानिक तरलता अनुपात (SLR) र खुद तरल सम्पत्ति अनुपातमा (Net Liquid Asset Ratio) मा गणना गर्न पाइने छैन ।
४. संस्थाले बुँदा नं. ६ का आधारमा न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ । यस्तो सुविधावापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रुपमा परिवर्तन वा थपघट गर्न सकिने छ र सोहीअनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुनेछ ।
५. दैनिक तरलता सुविधाको सीमा वृद्धि गर्नु परेमा थप सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा संलग्न भएका सुरक्षणपत्रको हकमा सो समेत) मौद्रिक व्यवस्थापन विभागमा पेश गर्नु पर्नेछ र सोहीबमोजिम पुनः नयाँ सीमा कायम गरिने छ ।
६. दैनिक तरलता सुविधा सम्झौताअन्तर्गत धितो राखिएका सुरक्षणपत्रको संस्थाले समेत छुट्टै अभिलेख राख्नु पर्नेछ । मौद्रिक व्यवस्थापन विभागले आवश्यकताअनुसार त्यस्तो अभिलेख निरीक्षण गर्न सक्नेछ ।
७. उपत्यका बाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रको सक्कलै प्रति यस बैंकको नजिकको कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यालयले मौद्रिक व्यवस्थापन विभागलाई सोको जानकारी गराई उक्त विभागले सम्बन्धित संस्थाको सीमा कायम गरिदिनुपर्नेछ ।
८. दैनिक तरलता सुविधावापत धितो रहेका सुरक्षणपत्रहरु खुलाबजार कारोबार, अन्तरबैंक सापटी लगायत अन्य कुनै पनि प्रयोजनमा दोहोरो धितोको रुपमा एकैसाथ प्रयोग गर्न वा बिक्री गर्न पाइने छैन ।

प्रकाशित समय : १५:०२ बजे




















