गृहपृष्ठ पशुपति क्षेत्र विकास कोषका सचिव ढकाल विरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

पशुपति क्षेत्र विकास कोषका सचिव ढकाल विरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

पशुपति क्षेत्र विकास कोषका सचिव ढकाल विरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ विगो दावी सहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनकारी दिएको छ ।

ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको बताएको छ ।
उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको माग दाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु