गृहपृष्ठ शेयर बजारमा सामान्य सुधार, कुन कम्पनीले कति कमाए ?
शेयर बजारमा सामान्य सुधार, कुन कम्पनीले कति कमाए ?
सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । कारोबार खुल्ने वित्तीकै आक्रामक रुपमा बढ्न सुरु गरेको नेप्से सूचक २१२९.४२ अंकमा सिमित भएको छ ।
आज कुल २७९ कम्पनीको शेयर कारोबार हुँदा १२३ कम्पनीको शेयर बृद्धि भएको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज कुल ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिभम शिवमको शेयर कारोबार भएको छ । आज कम्पनीले कुल ४२ करोड ५ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ । यसैगरी आज सोल्टि होटल लिमिटेडले २७ करोड २६ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ३७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बीमा कम्पनी र हाइड्रोपावरका लगानीकर्ताले नाफा बुक गर्दा बजार माथि जान सकेन । बीमा, हाइड्रो, होटल लगायतका सूचकमा नाफा बुक गरेर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको शेयर उठाएका छन् । आज सबैभन्दा धेरै होटल समुहका शेयरमै बढि चलखेल भएको छ ।
अन्तिम समयसम्म पनि होटलको सूचक घटिरहेको थियो । तर कारोबारको अन्तिम मिनेटमा होटलको शेयर मूल्य बढाएर समग्र नेप्से सूचक नै बढाइएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स तथा फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ भने बाणिज्य बैंक र विकास बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिन्छ ।
प्रकाशित समय : १५:२६ बजे


















