गृहपृष्ठ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पूरा

एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पूरा

एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जुन ३० सम्म ओमानको राजधानी मस्कटमा हुंदैछ ।

होटल होलिडे मस्कटमा हुने तय भएको सम्मेलनको तयारी पूरा भएको एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खालीले बताए । उनले यो सम्मेलनलाई उत्कृष्ट र अर्थपूर्ण बनाउन लागिपरेको पनि बताए । एनआरएनए मध्यपूर्वका अर्का संयोजक राजेन्द्र अर्यालले सम्मेलनलाई नतिजामुखी बनाउन आफूहरु लागी परेको र नतिजा आउनेमा आफू ढुक्क भएको बताए ।

सम्मेलनमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्कासहित श्रम मन्त्री शरतसिंह भण्डारी, सरकारी अधिकारी, विश्वभरका एनआरएनए अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ ।

यसपटकको मध्यपूर्व सम्मेलन विभिन्न अर्थमा विशेष रहने बताइएको छ । विशेष गरेर मध्यपूर्वका श्रमिक गैरआवासीय नेपालीहरुले लामो समयदेखि प्रतिक्षा गरेको सामाजिक सुरक्षा कोष नेपाल सरकारले हालैमा कार्यन्वयनमा ल्याएको अवस्थामा यसलाई थप प्रभावकारी बनाएर अघि बढ्नेबारेमा छलफल हुनेछ । यस कोष मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुमा आर्थिक एवं सामाजिक सुरक्षाको प्रत्याभूति हुने स्पष्ट रहेको एनआरएनए उपाध्यक्ष आरके शर्माले जानकारी दिए ।
यस्तो कल्याणकारी योजनाको सफल कार्यान्वयनका बारेमा बृहत छलफल गरेर निष्कर्षमा पुगिने बताइएको छ ।

सम्मेलनका क्रममा एनआरएनए अभियन्ता र सरोकारवालाबीच अन्तरक्रिया र प्यानल छलफल हुनेछ । यस्तै सुरक्षित आप्रवासन नीति र अभ्यास प्रवर्द्धन, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र प्रबर्द्धन,
आर्थिक लगानीको वातावरण, अवसर र रेमिट्यान्सको सदुपयोग, बैदेशिक रोजगारीमा रहेकाहरुलाई मतदान अधिकारको प्रत्याभूति जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।

यस्तै पर्यटन आदानप्रदान कार्यक्रमको प्रवर्द्धन, गैर वासीय नेपालीहरुको सामुदायिक संलग्नता र सामाजिक एकीकरण, मध्यपूर्वमा एनआरएनए अभियानको विकास एवं प्रवर्द्धन जस्ता विषय पनि छलफलको एजेण्डा रहेको छ ।

सम्मेलनका एजेण्डाहरुबाट अधिकतम परिणाम निकाल्नका निम्ति उचित छलफल र सवै अभियन्ताहरुको सक्रिय सहभागिता अति आवश्यक रहेको एनआरएनए मध्यपूर्वले जनाएको छ ।

सम्मेलनलाई ऐतिहासिक रुपमा सफल पार्न एनआरएनए मध्यपूर्वका संयोजक मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएनए आईसीसी उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए ओमानका अध्यक्ष बिकल झालगायत ओमानबासी नेपाली र मध्यपूर्वमा रहेका एनआरएनए अभियन्ताहरु सक्रिय रहेका छन् ।
सम्मेलनमा सहभागिताका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु