गृहपृष्ठ भारतको मणिपुर मैतेई र कुकीको भिडन्त गृहयुद्धतिर मोडिदै, नेपाली सुरक्षित
भारतको मणिपुर मैतेई र कुकीको भिडन्त गृहयुद्धतिर मोडिदै, नेपाली सुरक्षित

भारतको मणिपुर राज्यमा दुई महिनादेखि बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्त भइरहेको छ । यी दुई समुदायहरुबीच भइरहेको भिडन्तका कारण त्यहाँ पछिल्लो समय युरोप, अमेरिका र चीनको पनि चासो बढ्दै गएको छ ।
हाल भइरहेको भिडन्तको मुख्य समस्या भनेको कुकी बाहुल्यता रहेको पहाडी क्षेत्रमा बसोबास गर्ने मानिस मैदानी भागमा बसोबास गर्न पाउँछ । तर मैतेई समुदाय बसोबास गर्ने मैदानी क्षेत्रका बासिन्दा पहाडी इलाकामा जान पाउँदैनन्। यो पनि मणिपुर राज्यको द्वन्द्वको अर्को कारण हो ।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । झण्डै ३३ लाख जनसङ्ख्या रहेको मणिपुरमा मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् ।
मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरु धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको छ ।
मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने चार सय जनाभन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रदर्शनकारीहरुले दुई सय वटाभन्दा धेरै गिर्जाघर र १७ वटा मन्दिरमा आगजनी गरिरहेका छन् । राज्यमा विद्यालय र इन्टरनेट सेवा बन्द छ ।
साढे दुई महिनादेखि रात्रिकालीन कर्फ्यु कायमै छ । राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरु रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ ।
लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको भारतीय सञ्चार माध्यमका कतिपय रिपोर्टहरुमा उल्लेख छ । तीन सय ५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरु कष्टकर जीवन बिताइरहेको विविसिमा उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको सङ्ख्या अझै थपिन सक्ने सम्भावना छ । हजारभन्दा बढी घाइते छन् । अझै करिब बीस हजारभन्दा धेरै मानिसहरू विस्थापित हुनसक्ने समेत बताइएको छ ।
गृहयुद्धको जोखिम
म्यानमारको सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नौलो नभए पनि यस पटक गृहयुद्धको खतरा बढेको भारतीय सुरक्षा निकायका अधिकारीहरुले नै औल्याएका छन् ।
हिंसा नियन्त्रण बाहिर गएपछि असम राइफल्स र सेनालाई परिचालन गरिएको छ । प्रहरी र सेनाको संयुक्त गस्ती चलिरहेको छ ।
साढे दुई महिनादेखि साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम बढेको छ ।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । यो राज्यमा विविधता छ, अनि चर्को विभाजन पनि । त्यहाँ झन्डै ४० वटा विद्रोही समूहहरू सक्रिय छन् । मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् ।
मानिसहरू सन् १९९० को दशकको सुरुतिर नागा र कुकी समुदायबीच भएको भिडन्त सम्झिन्छन्। त्यो द्वन्द्व एक वर्ष चलेको थियो । यो द्वन्द्वले भारतमा एक किसिमको जातीय प्रभाव र जातीयताका विषयले देश द्वन्द्व सुरु भएको थियो ।
१९९० मा भारतमा चलेको जातीय द्वन्द्वका कारण कयौं विदेशी नागरिकले देश छाडेका थिए भने, भारतमै ठुलो जातीय द्वन्द्व चलेको थियो ।
नेपालीभाषी सुरक्षीतै
मणिपुरमा भड्किएको जातीय हिंसामा नेपाली भाषीहरू भने सुरक्षित रहेको पाइएको छ । मणिपुरीहरू बेलाबेला नेपालीभाषीहरुप्रति आक्रामक बन्दै आएका छन् । काङलातोम्वी, कालापहाड, तोरीवारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा करिब ८० हजार हाराहारीमा नेपालीभाषी बसोबास गर्छन् ।
हाल भारतमा भिडन्त भएको क्षेत्रमा करिब १० हजारको हाराहारीमा नेपालीहरु रोजगारीमा कार्यरत रहेका छन् । उनीहरुपनि हालसम्म सुरक्षीत रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।
मणिपुरी– कोकी दङ्गाका कारण कुनै पनि नेपालीभाषी आक्रमणमा परेको खबर आएका छैनन् । उनीहरू विस्थापित पनि हुन नपरेको मणिपुरका नेपालीभाषीहरु बताउँदैछन् ।
तस्विर : भारतीय संचार माध्यमबाट साभार
प्रकाशित समय : १४:४० बजे