गृहपृष्ठ नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, १ जनाले पाए ११ कित्ता
नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, १ जनाले पाए ११ कित्ता
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आज (सोमबार) अलफ्ट होटल, ठमेलमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा १२ लाख ९९ हजार ७२७ जनाको आवेदन परेका छन् । त्यस मध्ये ६ हजार ९२० जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार १२ लाख २७ हजार ५६९ जनाको योग्य आवेदन परेका हुन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अुनसार योग्य आवेदक मध्ये ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । जसमध्येबाट पनि भाग्यमानी एकजनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
प्रकाशित समय : १३:४४ बजे


















