गृहपृष्ठ काठमाडौंको भोटेबहालमा इनारमा खसेर दुईको मृत्यु
काठमाडौंको भोटेबहालमा इनारमा खसेर दुईको मृत्यु
काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि सुरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु मोटर निकाल्न गएका थिए।
उनी नफर्किएपछि उनलाई बचाउन गएका सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ फसको प्रहरीले जनाएकोृ छ ।
भोटेबहालस्थित एक घरमा पेन्टिङ गरिरहेका उनीहरू इनारबाट पानी तान्नेक्रममा खसेको प्रहरीले जनाएको छ ।
उनीहरुको शव अहिले इनारबाट निकालिएको छ। मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ।
दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए ।
प्रकाशित समय : १३:३८ बजे


















