गृहपृष्ठ इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक

इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक

इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक

आर्थिक वर्ष २०८० / ८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ । उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

१३ औं नगरसभामा उपप्रमुख सङ्गीताकुमारी चौधरीले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

स्वस्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि घोषणा गरिएको छ । मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख गरेको छ ।

 

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु