गृहपृष्ठ १९० परिवार विस्थापित, ९ जनाको मृत्यु, १५ सडक अवरुद्ध र ३० पुलमा क्षति

१९० परिवार विस्थापित, ९ जनाको मृत्यु, १५ सडक अवरुद्ध र ३० पुलमा क्षति

१९० परिवार विस्थापित, ९ जनाको मृत्यु, १५ सडक अवरुद्ध र ३० पुलमा क्षति

पूर्वी पहाडी जिल्लामा गत साता भएको बाढी पहिरोमा गरेर एक सय ९० परिवार विस्थापित भएका छन् । पुर्वका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर अहिलेसम्म ९ जनाको ज्यान गएको पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।

प्रहरी कार्यालयका अनुसार पाँचथर र ताप्लेजुङमा तीन–तीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको छ ।

पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दियो ।

बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको विराटनगरका प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कडेलले जानकारी दिए ।

बाढी पहिरोमा परेर घाइते घएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीन–तीन जना बेपत्ता भएका हुन् । बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन ।

त्यस्तै, बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नौ, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।

त्यस्तै, पाँचथरका सात, ताप्लेजुङका चार, संखुवासभाका तीन र इलामको एक गरी १५ वटा सडक अवरुद्ध भएका छन् । अवरुद्ध भएकामध्ये केही सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १६ वटा हाइड्रोपावर (पाँचथरका ६, संखुवासभाका ८ र ताप्लेजुङका २ ) मा पनि नोक्सानी भएको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु