global ime bank Long Banner Ad

गृहपृष्ठ गर्भावस्थामा बच्चाको चाल थाहा पाउनु कति महत्वपूर्ण ?

गर्भावस्थामा बच्चाको चाल थाहा पाउनु कति महत्वपूर्ण ?

भूमिका बिष्ट/न्युजकाराेबार

गर्भावस्थामा बच्चाको चाल थाहा पाउनु कति महत्वपूर्ण ?

गर्भावस्थाको एक रोमाञ्चक ‘ल्यान्डमार्क’ त्यो हो, जब आमालाई पहिलोपटक गर्भमा बच्चा चलेको अनुभूति हुन्छ । ती चालहरूले बच्चा स्वस्थ र राम्रो छ भन्ने संकेत दिन्छ । बच्चाको चाल थाहा पाउन महत्त्वपूर्ण छ ।

सुरुमा बच्चा आमाको पाठेघर (गर्भ)मा हिँडेको महसुस गर्नु पहिलोपटक आमा बन्नेकाहरुलाई अनौठो पनि लाग्नसक्छ । पहिलोपटक बच्चा चलेको थाहा पाउनुलाई कुइकनिं भनिन्छ । पहिलोपटक कोही आमा बन्दैछ भने उसले १८ देखि २० हप्ताभित्र थाहा हुन्छ ।

पहिलो बच्चा पाइसकेका आमाहरुले भने १६ हप्तामै बच्चा चलेको थाहा पाउने गर्छन् । एकचोटी स–साना चालहरू महसुस गर्न थाले भने यहाँबाट थाहा पाउन सकिन्छ आमाको गर्भमा रहेको बच्चाविकास भइरहेको हुन्छ । बच्चाको चालको अनुभूतिले आमा र बच्चाबबीचको सम्बन्धलाई गहिरो बनाउँछ । गर्भावस्थाको समय भनेको गर्भमा रहेको शिशुको विकासका लागि पनि गर्भमा बच्चा चल्नु महत्वपुर्ण कुरा हो । यदि बच्चा पेटमा चलिरहेको छैन भने यसले एम्नियोटिक फ्लूड लेबल वा प्लेसेन्टामा समस्या भएको हुन सक्ने स्त्रीरोग बिशेषज्ञ डा. प्रिंयका त्रिपाठी बताउँछिन् ।

बच्चा चलिरहेको महसुस कहिलेदेखि सुरु हुन्छ ?

गर्भावस्थाको १६ देखि २४ हप्ताको बीचमा बच्चा हिँडिरहेको महसुस हुन थाल्छ । आमाको प्लेसेन्टाको स्थानले यो अनुभूतिलाई असर गर्दैन । दोस्रो वा पछिको गर्भावस्था भएका महिलाहरूलाई आफ्नो बच्चा चाँडै सरुवा भएको महसुस हुनु सामान्य हुन्छ । यदि २४ हप्तासम्म तपाईँको बच्चा चलेको महसुस भएको छैन भने डाक्टरलाई सम्पर्क गरिहाल्नुपर्छ ।

बच्चाको हलचल कस्तो हुन्छ ?

महसुस चालको प्रकारले बच्चा के गरिरहेको छ भन्ने थाहा हुन्छ । तर त्यो तिनीहरूको वृद्धि र विकासको चरणमा पनि निर्भर हुन्छ । प्रत्येक बच्चाको चलाई फरक हुनसक्छ । केही अन्य भन्दा बढी सक्रिय हुन्छन् । पहिलो संवेदनाहरू फडफडिरहेको हुनसक्छ । जस्तैः पेटमा पुतलीहरू स्विसिङ, रोलिङ वा टम्बलिङ गरिरहेको हुनसक्छ । सनसनी वा सानो लात हानेको पनि महसुस हुनसक्छ । गर्भावस्थाको समय बढ्दै जाँदा चालहरू थप फरक हुँदै जान्छन् । र तिनीहरूको लात, ठक्कर र कुहिनो झन् सजिलै महसुस हुन्छ ।

बच्चालाई कतिपटक चलिरहेको महसुस गर्नुपर्छ ?

बच्चाको चालको कुनै संख्या हुँदैन । तर बच्चा चलिरहेको आमालाई थाहा हुनेभएकाले १२ घण्टामा १० पटकभन्दा कम चल्नुहुँदैन । त्यो भन्दा बढी चलेको हुनुपर्छ । जब बच्चाको चालहरू अधिक निरन्तर रूपमा महसुस हुन थाल्छ । बच्चाको चाल सामान्यतया २४ देखि २८ हप्ता सम्ममा थाहा पाउन सकिन्छ । त्यसपछि बच्चाको जन्म नहुँदासम्म र प्रसवको समयमा पनि निरन्तर रूपमा बच्चाको चालहरू महसुस गर्नुपर्छ । सुतेको समयमा आमाभन्दा बढी बच्चाहरू सक्रिय हुन सक्छन् । साथै आमाले खाना राम्रो सँग खाएको छैन भने त्यो बेला हाइपोग्लाइसेमियाका कारणले बच्चाको चाल बढी हुन्छ ।

बच्चा कुन अवस्थामा कम चल्छ ?

आमाको तौल अधिक भएमा, प्लेसेन्टा पछाडी नभएर अगाडी बसेमा, बच्चामा केही खराबी भएमा, शरीरमा पान्किको मात्रा कम भएमा, बच्चालाई अक्सिजनको कमी भएमा या आमाले धूम्रपान गरिरहेको छ भने बच्चा कम चल्ने हुन्छ ।

बच्चा चल्न छोड्यो भने के गर्नुपर्छ ?

यदि २४ हप्तासम्म आफ्नो बच्चाबाट कुनै पनि हलचल महसुस भइरहेको छैन भने, डाक्टरलाई देखाउनुपर्छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु