global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, तालिम विभागको नेतृत्व गर्ने

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, तालिम विभागको नेतृत्व गर्ने

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, तालिम विभागको नेतृत्व गर्ने

चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् ।

महामन्त्री मुकुल ढकालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिए । उनका अनुसार शाहले अब रास्वपामा तालिम विभागको नेतृत्व गर्नेछन् । तालिम विभागको नेतृत्वमा रहेर शाहले रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए । त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल नेतृत्व विकाससम्बन्धी तालिम दिन सक्रिय छन् ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु