global ime bank Long Banner Ad

गृहपृष्ठ बलियो टिमको सामाना गर्दै नेपाल, जित्ने आशसहित मैदानमा उत्रिँदै

बलियो टिमको सामाना गर्दै नेपाल, जित्ने आशसहित मैदानमा उत्रिँदै

बलियो टिमको सामाना गर्दै नेपाल, जित्ने आशसहित मैदानमा उत्रिँदै

नेपालले आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग खेल्न लागेको हो । विश्वकप छनोटमा नेपालले आज पूर्वविश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा आज दिउँसो १२ः४५ बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

वेस्ट इन्डिजलाई पराजित गरे नेपालले ऐतिहासिक सफलता पाउनेछ । टेस्ट राष्ट्रलाई पराजित गर्नु त्यति सहज भने छैन । नेपालभन्दा वेस्ट इन्डिज निकै बलियो टिम हो ।

योभन्दा अगाडी भएको खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

नेपालले दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा जित निकालेको छ । समूहको शीर्ष तीनमा पर्ने टोली विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।

समूह ‘ए’को शीर्ष स्थानमा जिम्बाब्वे रहेको छ । जिम्बाब्वेले दुई खेलबाट चार अंक बनाएको छ । एक खेलबाट दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अंक छ । नेपाल भने तेस्रो स्थानमा छ ।

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी ।

भने, जिम्बाब्वेको कप्तान साई होप, रोभमन पावेल, शामर्ह ब्रुक्स, जोनसन चार्ल्स, जासन होल्डर, ब्रान्डन किङ, केमो पाउल, कायल मेयर्स, निकोलस पुरनलगायतका ब्याटरलाई आउट गर्न नेपाली बलरलाई अहिलेसम्मकै चुनौती हुनेछ ।

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु