global ime bank Long Banner Ad

गृहपृष्ठ बजेट असन्तुष्टिबारे छलफल गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

बजेट असन्तुष्टिबारे छलफल गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

बजेट असन्तुष्टिबारे छलफल गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिबारे छलफल हुनेछ ।

बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । बजेट नसच्चिए सरकार छोड्नेसम्मको धम्की उनीहरु दिइरहेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि सुरुमा बजेटप्रति असन्तुष्टि जनाएका थिए तर पछि प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उनी सकारात्मक देखिएका छन् । तर पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिइरहेका छन् ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु