global ime bank Long Banner Ad

गृहपृष्ठ सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापकतर्फको १ लाख ६ हजार ९०० कित्ता संस्थापक शेयर असार ६ देखि विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता रू। २१७ अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो । असार १३ गतेसम्म विक्रीमा रहने यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरिएको हो ।

शेयर खरीदका लागि आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन पेश गर्न सकिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु