गृहपृष्ठ बालसुधार गृह, कारागार र हिरासत अनुगमन प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई

बालसुधार गृह, कारागार र हिरासत अनुगमन प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई

बालसुधार गृह, कारागार र हिरासत अनुगमन प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई

विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बालसुधार गृह, कारागार तथा हिरासतको अनुगमन तथा निरीक्षणबाट तयार गरिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेस गरेका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८२/८३ को अनुगमन तथा निरीक्षण प्रतिवेदन मुख्य न्यायाधिवक्ता वस्तीले शुक्रबार मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव, उपन्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताहरूको सहभागिता थियो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशअन्तर्गत रहेका बालसुधार गृह, कारागार तथा हिरासतको अवस्था, त्यहाँ रहेका व्यक्तिले पाउँदै आएको सेवा–सुविधा तथा व्यवस्थापनलगायत विषयको अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन तयार गरेको जनाएको छ ।

प्रतिवेदनमार्फत अनुगमनका क्रममा देखिएका अवस्था, समस्या तथा सुधारका लागि आवश्यक पहलका विषय सरकारसमक्ष प्रस्तुत गरिएको जनाइएको छ ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु