गृहपृष्ठ माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने
माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गराई सेयरधनीलाई वितरण गरिनेछ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ।
हाल बैंकका देशभर १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएम सञ्चालनमा छन्। बैंकले यी माध्यमबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित समय : १९:११ बजे


















