global ime bank Long Banner Ad

गृहपृष्ठ करण एक्लै ४ विकेट लिएपछि अमेरिका दबाबमा

करण एक्लै ४ विकेट लिएपछि अमेरिका दबाबमा

करण एक्लै ४ विकेट लिएपछि अमेरिका दबाबमा

विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट लिएको छ । नेपालका करण केसीले चारै विकेट लिए ।

करणले नोसथस केन्जिगेलाई एक रनमा आउट गराए । यसअघि करणले टेभन टायलोरलाई चार, आरोन जोन्सलाई दुई र साइतेजा मुक्कामल्ललाई शून्य रनमै आउट गराए ।

जिम्बाब्बेको तकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९.२ ओभरमा चार विकेटको क्षतिमा १८ रन बनाएको छ ।

योसँगै नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालविरुद्ध अमेरिका भने दबाबमा आएको छ । करणले पाँच ओभर बलिङ गरिरहँदा दुई ओभर मेडन राख्दै मात्र ७ रन खर्चिएर चार विकेट लिइसकेका छन् ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु