गृहपृष्ठ जिम्बाब्वेविरुद्ध कुशल र आसिफबीच कीर्तिमानी साझेदारी
जिम्बाब्वेविरुद्ध कुशल र आसिफबीच कीर्तिमानी साझेदारी
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगको खेलमा राम्रो प्रदर्शन गरिरहेको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरको खेल सकिँदा एक विकेट पनि नगुमाई १ सय ५४ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेका छन् ।
कुशल र आसिफको यो साझेदारी नेपालले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो । यसअघि गएको फेब्रुअरीमा घरेलु मैदानमा भएको नामिबियासँगको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए ।
अहिले नेपाली टोली ३६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १ सय ८७ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा कुशल भुर्तेल १३ र कप्तान रोहित पौडेल १ रनमा नटआउट छन् ।
प्रकाशित समय : ११:१४ बजे

















