गृहपृष्ठ आठ जिल्ला बाढीको उच्च जोखिममा, तीनदिनसम्म ठूलो बाढीको सम्भावना

आठ जिल्ला बाढीको उच्च जोखिममा, तीनदिनसम्म ठूलो बाढीको सम्भावना

आठ जिल्ला बाढीको उच्च जोखिममा, तीनदिनसम्म ठूलो बाढीको सम्भावना

आज आइतबार । बिहानैदेखि बाढीको वितण्डा मच्चाएका खबरहरु सार्वजनिक भइरहेका छन् । पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्ला भई बग्ने नदी/खोलामा बाढी आउने सम्भावना रहेको छ ।

जन तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्लामा आज बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो ।

महाशाखाले ती आठ जिल्लाका नदी÷खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ ।

महाशाखाका अनुसार आज र भोलि (सोमवार) र पर्सि (मंगलवार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ ।

यस्ताे छ माैसम पूर्वानुमान बुलेटिन

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु