गृहपृष्ठ उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन
उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन
कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर आन्दोलनका गरेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा उनीहरुले फालेर विरोध गरेका हु्न् ।
अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिए ।
किसानले टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको भन्दै तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनसार किसानले गोलभेडा फालेर आन्दोलन गरेका छन् । उनीहले करिब ५ क्वीटल गोलभेडा फालेका छन् ।
प्रकाशित समय : ११:२५ बजे

















