गृहपृष्ठ कञ्चनपुरमा अनाधिकृत मेडिकल सञ्चालन गरेका दुई जना पक्राउ
कञ्चनपुरमा अनाधिकृत मेडिकल सञ्चालन गरेका दुई जना पक्राउ
कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडा नम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ बर्षीय गोकुल मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनकाअनुसार उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रकाशित समय : ०९:३० बजे

















