global ime bank Long Banner Ad

गृहपृष्ठ जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

जिपको ठक्करबाट घाइते भएका युवकको मृत्यु

कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-४ खैरेनामा प्रदेश ३–०१–०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

खड्का सवार मोटरसाइकललाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका१ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु