global ime bank Long Banner Ad

गृहपृष्ठ विदेशी मुद्रा भनेको के हो ?

विदेशी मुद्रा भनेको के हो ?

विदेशी मुद्रा भनेको के हो ?

नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ ।

विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ ।

यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किने वापतको भुक्तानी गर्न कठिनाइ पर्दछ । यसो भएमा मुलुकको अर्थतन्त्र सङ्कटमा पर्न सक्छ ।

नेपालमा भित्रिएको समग्र विदेशी विनिमयको ढुकुटी जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ । विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको जथाभावी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन ।

आफैँले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोके बमोजिम मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुन बमोजिम कारबाही हुने गर्दछ ।

ध्यान दिनुपर्नेकुराहरू

  • नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई कसैले पनि विदेशी मुद्राको कारोबार गर्न पाइँदैन ।
  • मुलुकभित्र विदेशी मुद्राको चलन गर्न अर्थात् कारोबार गर्न पनि पाइँदैन।
  • भारतिय रुपैयाँ लगायत सम्पूर्ण विदेशी मुद्रा साँटेर नेपाली मुद्रामा मात्र कारोबार गर्नु पर्दछ ।
  • विदेशी मुद्रा सटही गर्दा स्वीकृति प्राप्त कम्पनीबाट मात्र कारोबार गर्नु पर्दछ ।

प्रकाशित समय : ०८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु