गृहपृष्ठ बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले दिए संसद सदस्यबाट राजीनामा
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले दिए संसद सदस्यबाट राजीनामा
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ ।
उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए ।
जोनसन अहिले संसदीय छानबिनको क्रममा छन् । कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोप लागेपछि छानबिन चलिरहेको छ ।
अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना छ। संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ ।
राजीनामाको क्रममा उनले आफूमाथि अनुसन्धान गरिरहेका सांसदविरुद्ध उग्र विरोध गरेका छन् ।
प्रकाशित समय : ०७:४७ बजे



















