गृहपृष्ठ विनिमयदरः अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो

विनिमयदरः अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो

विनिमयदरः अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ आइतबार घटेको छ । शुक्रबार १३ पैसाले घटेको अमेरिकी डलर आज ९ पैसाले घटेको हो । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो ४९ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा कायम गरिएको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको थियो।

आज बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। यसको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६३ रुपैयाँ १५ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।

आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २४ पैसा तोकिएको छ।

प्रकाशित समय : ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु