गृहपृष्ठ दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद
दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद
काठमाडौँ ।सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका(६ मगरथानाबाट आज करिब दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ ।
अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।
प्रकाशित समय : १४:३३ बजे


















