गृहपृष्ठ एघार दिनपछि एक महिलाको सकुशल उद्धार

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

त्रिशूली।भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्ेकि एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो ।

उनि हिलोमा गाडिएको अवस्थामा थिइन् । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ ।

 

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु