गृहपृष्ठ मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव(बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘बाघ(मित्र अभियान’ प्रभावकारी बन्दै गएको छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा आयोजित कार्यशालामा सहभागी सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, जोखिम पहिचान, प्रारम्भिक सूचना प्रणाली तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कार्यशालामा निकुञ्ज, डिभिजन वन कार्यालय बारा र पर्साका अधिकारी, साझेदारी तथा सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, निकुञ्ज सुरक्षार्थ खटिएको गणका प्रतिनिधि तथा संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यशालामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभई बाघसँगै बस्ने समुदाय सुरक्षित र संरक्षणप्रति सकारात्मक हुनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वयस्क बाघ रहेकामा सन् २०२६ मा उक्त सङ्ख्या बढेर ७१ पुगेको छ । बाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापन र मानव सुरक्षाको जिम्मेवारीसमेत बढेको उनले बताए ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘संरक्षण सुनिश्चितता बाघ संरक्षण मापदण्ड ९क्याट्स०’ अन्तर्गत मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । त्यसका लागि निकुञ्जको संरक्षण व्यवस्थापन प्रणालीको मूल्याङ्कन, विद्यमान अवस्थाको समीक्षा तथा आवश्यक सुधारका काम अघि बढाइएको उनले बताए ।

“बाघ–मित्र अभियानलाई जनचेतनामूलक कार्यक्रमका रूपमा मात्र सीमित नगरी जोखिम पहिचान, प्रारम्भिक सूचना, समुदाय परिचालन, सुरक्षित व्यवहार र द्वन्द्व न्यूनीकरणसँग जोड्नुपर्छ”, उनले भने । मानव(बाघ द्वन्द्व न्यूनीकरण निकुञ्जको मात्र जिम्मेवारी नभई वन कार्यालय, स्थानीय तह, समुदाय, सुरक्षा निकाय तथा संरक्षण साझेदार सबैको साझा दायित्व भएको उहाँले उल्लेख गरे ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा, सहभागिता र संरक्षणबाट प्राप्त लाभ सुनिश्चित गर्नुपर्ने बताए । निकुञ्ज र समुदायबीच निरन्तर संवाद तथा स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

जुलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० नेपालका क्षेत्रीय अधिकृत प्रचण्ड महर्जनले मानव–बाघ द्वन्द्वको जोखिम, समुदायको सचेतना, प्रारम्भिक सूचना प्रणाली तथा सरोकार भएका निकायबीचको समन्वयका विषयमा प्रस्तुति दिएको थिए ।

त्यसैगरी निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतले बाघ(मित्र अभियानको स्थलगत अनुभव, बाघको गतिविधि तथा जोखिमयुक्त क्षेत्रबारे जानकारी गराउँदै समयमै सूचना प्रवाह, नियमित निगरानी र तत्काल प्रतिक्रिया संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यशालामा सहभागी वन कार्यालय, वन उपभोक्ता समूह, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, सूचना आदानप्रदान, जोखिम पहिचान, समुदायको सहभागिता तथा द्वन्द्वको अवस्थामा तत्काल प्रतिक्रिया संयन्त्रलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा बाघसँगै मानिसलाई सुरक्षित राख्दै दीर्घकालीन सहअस्तित्व कायम गर्नु संरक्षणको प्रमुख चुनौती बनेको छ ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु