काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होण्डाकाे ‘चुज योर स्किम’ योजनामा राेजी-राेजी उपहार

7.64K
shares

स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको सुखद अवसर पारेर ‘होण्डा चुज योर स्किम’ ल्याएकाे छ ।

टु ह्विलर भेइकल होण्डाको आधिकारिक बिक्रेता साे कम्पनीले ल्याएकाे साे उपहार याेजना आकर्षक र ग्राहकमुखी रहेकाे जनाइएकाे छ । योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ वा १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।