माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू
वि.सं.२०७९ चैत २९ बुधवार १८:५३
shares

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
यो सेवा सुरू भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् । रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा लिन सक्ने बताइएको छ ।
ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनन्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीको भनाइ छ ।

























