ढाकाकुमार श्रेष्ठ पार्टीबाट निष्काशित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय
वि.सं.२०७९ चैत २९ बुधवार २१:००
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फबाट पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निष्काशित गरेको छ । व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।
याेसँगै श्रेष्ठ सांसद पदबाट पनि पदमुक्त हुने भएका छन् । यसअघि रास्वपाले श्रेष्ठसँग सोधपुछ गर्दा उनले उक्त अडियो आफ्नो नभएकाे बताएका थिए । तर, उक्त अडियो श्रेष्ठकै भएको निचोडमा पार्टी पुगेको उनको भनाइ छ ।
त्यस्तै रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

























