गृहपृष्ठ तीन प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना
तीन प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना
नेपालमा हाल स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
प्रकाशित समय : ०७:३२ बजे



















