global ime bank Long Banner Ad

गृहपृष्ठ सेनाको ‘साइबर स्पेश’मा हमला, एक युवक पक्राउ

सेनाको ‘साइबर स्पेश’मा हमला, एक युवक पक्राउ

सेनाको ‘साइबर स्पेश’मा हमला, एक युवक पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्‍याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका-१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् ।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पुर्‍याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु