nmb bank

गृहपृष्ठ ‘ए’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो मनाङ

‘ए’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो मनाङ

‘ए’ डिभिजन लिग : शीर्ष स्थानमा उक्लियो मनाङ तस्बिर श्राेत : एन्फाकाे फेसबुक पेज ।

फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

लिगमा ६ खेलसम्म अपराजित मनाङले शुक्रबार च्यासल रंगशालामा फ्रेन्ड्स क्लबलाई २–० ले पराजित गर्‍यो । मनाङको जितमा दुवै गोल कोफी कोउडोले गरे । खेलको ३४औं मिनेटमा कोउडोले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि एक गोल थप्यो । ५२औं मिनेटमा कोउडोले नै मनाङको अग्रतालाई २-० मा पुर्‍याए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले ६ खेलबाट १४ अंक जोडेको छ । मनाङले लिगका चार खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ । यस्तै, समान खेलबाट चार अंक जोडेको फ्रेन्ड्स तालिकाको १२औं स्थानमा छ । रेलिगेसन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको फ्रेन्ड्स १३औं स्थानको न्युरोड टिम (एनआरटी) भन्दा एक अंकमात्र माथि छ ।

अर्को खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ३३ मिनेटमा एनकोटो मासोबीको गोलबाट जावलाखेलले अग्रता लियो । दुई मिनेटमै खुमलटारले बराबरी गोल फर्कायो । उसका लागि अभिषेक लिम्बूले ३५ मिनेटमा बराबरी गोल गरे ।

६३ मिनेटमा मेसाउकेले ६३ मिनेटमा गोल गर्दै खुलमटारलाई अग्रता दिलाए । ८६ मिनेटमा फोडे फोफनाले बराबरी गोल गरे । बराबरीसँगै जावलाखेलले ७ खेलबाट १४ अंक जोडेको छ । मनाङसँग बराबरी अंक भए पनि गोलअन्तरमा पछि परेको जावलाखेल अंक तालिकामा दोस्रो स्थानमा झरेको छ । खुमलटार ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु