गृहपृष्ठ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजद्वारा ‘क्यास ब्याक’ योजना सार्वजनिक

रेफ्रिजीरेटर ब्रान्ड गोडरेजद्वारा ‘क्यास ब्याक’ योजना सार्वजनिक

रेफ्रिजीरेटर ब्रान्ड गोडरेजद्वारा ‘क्यास ब्याक’ योजना सार्वजनिक

 नयाँ बर्ष २०८० लाई लक्षित गर्दै रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ ।६५ बर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ बर्षलाई लक्षित गरी ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरुमा १० बर्ष को कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।

नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु