global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार ९आज० बिहान बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने कांग्रेस स्रोतले बतायो ।

आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो ।

आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय हुने एक नेताले बताए ।

प्रकाशित समय : ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु