काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपनिर्वाचन : एमालेले लगायाे दुई उम्मेदवारकाे टुंगाे

8.09K
shares

नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि दुई क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट उम्मेदवार तय गरिएको हो ।

एमालेले तनहुँ क्षेत्र नम्बर-१ मा नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बारा क्षेत्र नम्बर-२ मा भने उम्मेदवार तय गरिएको छैन । त्यहाँ थप छलफलपछि पार्टी हेडक्वार्टरले टुंग्याउने निर्णय गरिएको छ । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका खनाल काठमाडौं-६ मा पराजित भएका थिए ।

आगामी वैशाख १० गते यी तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही वैशाख २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेकाे छ ।