काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न

4.45K
shares

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बिमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर घलेले व्यवहारिक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु सुनाएका थिए ।

अभिकर्ताहरुको व्यवसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।