काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१८८८.२७ विन्दुमा झर्‍यो नेप्से

4.77K
shares

आइतबार सेयर बजार मापक नेप्से २६.८७ अंकले घटेको छ । सेयर बजार घटेर १८८८.२७ विन्दुमा झरेकाे हाे ।

आज १९२ कम्पनीको सेयर मूल्यमा गिरवाट आएको छ भने १९ कम्पनी सेयर मूल्य वृद्धि भएको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब २८ करोड ९३ लाख रूपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक म्युचुअल फण्ड सूचक ४.७७ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ३.८४ प्रतिशतले घटेको छ ।

आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । नकारात्मक सर्किट लाग्नेमा जिवन विकास लघुवित्त वित्तिय संस्था, जाल्पा लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेको छ भने सकारात्मक सर्किट लाग्नेमा मायाखोला हाइड्रोपावर र एसियन हाइड्रोपावर रहेको छ ।

सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज ८ कराेड ६२ करोडको सेयर कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्तको ७ करोड, नबिल बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्ट्सको २ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।