निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने
वि.सं.२०७९ चैत २ बिहीवार २१:३३
shares

एभरेष्ट बैंकले निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले विक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको छ ।
बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकका कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पका सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झाैताअनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।
ईभीको लागि बेस रेट + ३.५० प्रतिशत र ईभी बाहेकको लागि बेस रेट +४.०० प्रतिशत हुनेछ भने ७ वर्षको अवधिसहित र सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा ग्राहकहरू अब निसान ईभीको मालिक हुनसक्ने कम्पनीले जनाएको छ ।
अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाबाट नेपालभर लागू हुनेछ ।
























