global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

एभरेष्ट बैंकले निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले विक्री गर्दै आएको गाडीमा कर्जा दिने भएको छ ।

बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकका कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पका सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झाैताअनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।

ईभीको लागि बेस रेट + ३.५० प्रतिशत र ईभी बाहेकको लागि बेस रेट +४.०० प्रतिशत हुनेछ भने ७ वर्षको अवधिसहित र सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ । केवल २० प्रतिशतको डाउन पेमेन्टमा ग्राहकहरू अब निसान ईभीको मालिक हुनसक्ने कम्पनीले जनाएको छ ।

अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाबाट नेपालभर लागू हुनेछ ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु