global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंकद्वारा राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा

एनएमबी बैंकद्वारा राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा

एनएमबी बैंकद्वारा राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा

एनएमबी बैंकले विश्व क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप जनही नगद २१ हजार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो निर्णय गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । उनले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राखिरहन सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले प्राेत्साहनस्वरूप सम्मान गर्न लागेका हाैं ।’

सन् २०१९ देखि सुरु भएको यस विश्व क्रिकेट लिग-२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोलि हुन गइरहेको फाइनल म्याचमा युएईसँग भिडदैछ । भोलिको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने मौका पनि पाउनेछ ।

यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ । सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले केसीले बताए ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु